नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा

काठमाडौँ । नेपाली विद्युतीय मोटरसाइकल ‘गन्तव्य’ बजारमा आएको छ । सुन्दर अटो इन्जिनियरिङले गन्तव्यलाई बजारमा ल्याएको हो । गत आइतबार मोटरसाइकलको नम्बर प्लेट प्राप्त गरेपछि बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ ।

सुन्दर अटो इन्जिनियरिङका सञ्चालक भेषबहादुर थापाका अनुसार हालसम्म ६५ वटा ‘गन्तव्य इभी १०० एस’ निर्माण भइसकेका छन् । जसमध्ये ४० वटा बुक भइसकेका छन् । उहाँले भन्नुभयो, “सरकारले अनमुति दिए हामी दिनको १० वटा विद्युतीय मोटरसाइकल उत्पादन गर्न सक्छौँ । माग बढेको छ । हामी ७ गतेदेखि बिक्री सुरु गर्छौं ।”

दुई लाख ५० हजार रुपियाँमा पाइने गन्तव्य एक पटक पूर्ण चार्ज भएपछि १२० किलोमिटर गुड्छ । एक पटक पूर्ण चार्ज गर्न २० रुपियाँसम्म लाग्ने थापाको भनाइ छ । कम्पनीले ब्याट्रीमा तीन वर्ष, मोटरमा दुई वर्ष र कन्ट्रोलमा एक वर्ष ‘वारेन्टी’ गरेको छ ।

१९ वटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातले सुन्दर अटो इन्जिनियरिङमार्फत हालसम्म तीन सय स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरण गरिसेकको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार