नेपाल भाषा अनिवार्य : ‘पढ्नै पर्ने तनाव’

विद्यासुन्दर शाक्य मेयर रहेका बेला काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको थियो । त्यो बेला पाठ्यक्रम निर्माण गर्ने सन्दर्भमा सहभागीहरूका अनुसार पनि महानगरपालिकाले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन सुरु गर्दा नै यसको निरन्तरताको विषयमा गहन छलफल पनि भएको थियो ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) वा (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैंले एक विषय अध्ययन–अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाले सोही व्यवस्था अन्तर्गत उक्त पाठ्यपुस्तक तयार गरेको हो ।

काठमाडौं महानगरपालिकाको ५१औं कार्यपालिका बैठकले त्यही चालु शैक्षिक सत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरेको थियो । कोभिड र त्यसको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइ लगायतका काममा केही ढिलाइ भएको भन्दै त्यतिबेला काठमाडौं महानगरपालिका भित्रका ९२ वटा सामुदायिक विद्यालय (८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा बन्दीहरूका विद्यालय) र करीब ६४० संस्थागत विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन गराउने महानगरपालिकाले जानकारी गराएको थियो ।

मुख्य गरेर काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपि जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गरेको जानकारी पनि दिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार