
नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुल १०।५५ प्रतिशत लाभांश दिने निर्णय बैठकले गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । यो लाभांशमध्ये ३।७५ प्रतिशत सेयर बोनस र ६।८० प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।
यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड रुपैयाँ छ ।