धादिङ सहित देशका विभिन्न ठाउँमा वर्षा, दिनभर पानी पर्ने सम्भावना

धादिङमा आज बिहानैबाट वर्षा भइरहेको छ भने काठमाडौंका अधिकांश स्थानमा पनि बिहानैबाट वर्षा भइरहेको छ।

बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ । दिनभर वर्षा भए पनि भारी वर्षाको सम्भावना भने नहुने मानन्धरको भनाइ छ ।

मनसुन नजिकिएकाले अब मध्याह्नपछि प्रायः हरेक दिन वर्षाको सम्भावना रहने उनी बताउँछिन् । भारी वर्षाको सम्भावना कम भए पनि हरेकदिन जसो पानी पर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार