मोदी ईनर्जीको आईपीओ बाँडफाँट

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आईपीओ आइतबार बिहान बाँडफाँट भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार