
काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकामा गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो ।
महायज्ञ वैशाख २२ देखि २८ गतेसम्म वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथावाचनमा सञ्चालन हुने महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि पहिलोपटक यस्तो महायज्ञ गर्न लागिएको उहाँले बताउनुभयो ।
गाईबाच्छा संरक्षण अभियानअन्तर्गत दुई सय बेवारिसे गाईबाच्छाले आश्रय पाएकामा तिनलाई सहयोग गर्नेको संख्या पनि अहिले बढ्न थालेको र यस अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ । यसै क्रममा गोरक्ष महायज्ञ गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
महायज्ञको उद्घाटन वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्नु हुने छ । अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि अभियान चलाउँदै आएको छ ।
अभियानले २०७५ जेठ १ गतेदेखि बेवारिसे गाईबाच्छा संरक्षणका लागि अभियान चलाउँदै आएको छ ।