धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा रहेको सक्सेस एकेडेमीको प्राङ्गणमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।
यही कात्तिक १६ गते तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र सक्सेस एकेडेमी बैरेनीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको सक्सेस एकेडेमीले बताएको छ।
शिविरमा मोतिया विन्दुको समस्या देखिएका बिरामीहरुलाई कात्तिक १७ गते बिहान ११ बजे सक्सेस एकेडेमी देखि काठमाडौँ लान,१८ गते शल्यक्रिया गर्ने र १९ गते घर फर्कने व्यवस्था मिलाईएको एकेडेमीका प्रिन्सिपल जगत रिजालले जानकारी दिनु भएको छ।
विरामीलाई खाने, बस्ने र उपचारको खर्च आयोजकलले नै व्यहोर्ने गरी मोतियाबिन्दुको निःशुल्क उपचार गराईने सक्सेस एकेडेमीका प्रिन्सिपल रिजालको भनाइ छ ।






