
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने माग दाबी सहितपरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ।
संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट सर्वोच्चको संवैधानिक इजलासले खारेज गरेको हो। संवैधानिक इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल छन्।
निर्वाचन आयोग कान्तिपथविरुद्ध भनिएको उक्त रिटमा लामिछानेले पुनः लिएको नागरिकता समेत प्रक्रियागत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको थियो।