शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ ।

जसअनुसार च्यासल मैदानमा हुने खेलमा न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।यसैगरी, रंगशालामा हुने पहिलो खेलमा एपिएफ र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल पनि ३ बजेबाट नै सुरु हुनेछ ।

उता, रंगशालामा ६ बजे हुने दोस्रो खेलमा जावालाखेल युथ क्लब र संकट क्लब एक आपसमा भिडने एन्फाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार