
काठमाडौं । शुक्रबार विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्वभर स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
दिवसको यो वर्षको नारा “सवैका लागि स्वास्थ्य” रहेको छ । डब्लुएचओ आवद्ध १ सय ७४ सदस्य राष्ट्रमा शुक्रबार विभिन्न चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
सन् १९५० देखि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य दिवस मनाउँदै आएको छ ।
विश्वभरका मानिसले सामना गरिरहेका जटिल स्वास्थ्य समस्याहरुका बारेमा जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।