भोलि प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबार बस्दै छ । बैठक बिहीबार दिउँसो १ बजे सद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।

साथै, दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरूको नाम मनोनयन गर्ने र तेस्रो नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार