नागरिक एपबाटै सवारी चालक अनुमति पत्र देखाउँदा ट्राफिक प्रहरीलाई मान्य

ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएरनभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ ।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए र नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार