
आज पहाडी इलाकाका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा र हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मुलुकको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव छ। सोही वायुको प्रभावका कारण आज दिउँसो पहाडी भेगमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहनेछ। पहाडी इलाकाका १/२ स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका १/२ स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पहाडी भूभागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सफा रहनेछ।