
संविधान दिवसको उपलक्ष्यमा सरकारले काठमाडौं उपत्यकामा दुर्त बस सेवा संचालनमा ल्याएकको छ ।
सररकाले संविधान दिवसको अवसर पारेर राजधानीमा पहिलो पटक यस्तो बस सेवा सुरु गरेको हो । आज एक कार्यक्रममा बीच द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उदघाटन गरेका हुन् ।द्रुत बस सेवा सूर्यविनायक-रत्नपार्क रुटमा चल्ने छ ।
माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने ब्यवस्थापन मिलाइने छ ।
आजबाट सुरु भएपनि भोलिबाट मात्र नियमिति संचालनमा आउन बताइएको छ। अरु सार्वजनिक बसलाई रत्नपार्क-सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ ।अन्य सार्वजनिक बसमा जतिनै भाडा लाग्ने छ । द्रुत सेवाका बसहरु रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन् ।
ती बसहरु रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन् । विहान ९ देखि ११ र वेलुका ४ देखि ६ बजे सम्म अफिस टाइमा मात्र यो सेवा संचालनमा हुने छ ।